sevenstartv.com ११ असार २०८३, बिहिवार

बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै

२७ साउन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिँने भएका छन् । अपरान्ह ४ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

साउन २० गते एमाले–कांग्रेसको गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियाँले एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसद छन् । बाँनियालाई ५६ सांसदको समर्थन आवश्यक पर्छ ।

नेकपा एमाले र नेपाली कांग्रेस दुबै दलले आफ्ना सांसदलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन् । यद्यपि, निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षका केही कांग्रेस सांसद भने असन्तुष्ट रहेका छन् । लामाले आफ्नो आफ्नो समूहका तीन सांसदलाई मन्त्री बनाउनुपर्ने अडान कायमै राखेका छन् ।

बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३ ९सभामुख सहित०, एकीकृत समाजवादीका ७, नेपाल मजदूर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्