sevenstartv.com ११ असार २०८३, बिहिवार

सभापति देउवाको आदेश पाए बागमती प्रदेशका मुख्यमन्त्रीले बाकी ५ मन्त्री बहादुर सिंहका बनाउन बानियाँ तयार

२६ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडाैं । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्र मन्त्री बन्ने होड चलिरहेको छ । हालै नियुक्त मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले पार्टीभित्रको दबाव र शक्ति सन्तुलनलाई मिलाउन काग्रेसबाट २ मन्त्री नियुक्त गरी अन्य ५ मन्त्रालय रिक्त रहेको अवस्थामा मन्त्री बन्नेहरुको लर्को लागेको हो ।

मुख्यमन्त्री बानियाँले मन्त्री बन्ने आकांक्षीहरु धेरै भए पछि सभापति देउवाको आदेश पाएमा पाँचै जना मन्त्री बहादुरसिंह पक्षका बनाउन आफु तयार भएको खुलासा गरेका छन् । नेपालको संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्री बन्नुभएका बानियाँ सरकार गठनको तयारी थाले लगत्तै मन्त्री बन्नेहरुको लर्को लाग्दै आएको हो । सरकार गठन नहुँदै मन्त्री पद सुरक्षित गर्न प्रदेशसभा सदस्यहरु तीव्र दौडधुपमा छन् ।

कांग्रेस प्रदेशसभा सदस्यहरु मन्त्री बन्ने लबिङका लागि काठमाडौँ बसेर नेताहरुसँग भेटमा केन्द्रित भएका छन् । यसैबीच मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमाले बागमती प्रदेश संसदीय दलले ह्विप जारी गरेको छ । दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले आइतबार सूचना जारी गर्दै साउन २७ गतेको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिनु भएको हो ।

मुख्यमन्त्री बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा नेपालको संविधानको धारा १६८(४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३(१) अनुसार विश्वासको मत लिने कार्यसूची रहेको छ । यसअघि नै नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ । कांग्रेसका प्रदेश सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँ आफ्नै दलका ३७ र सत्तासाझेदार एमालेका २७ गरी ६४ सांसदको समर्थनमा सरकार गठन गरेका हुन् । ११० सदस्यीय बागमती प्रदेश सभामा विश्वासको मत पाउन ५६ मत आवश्यक छ ।