कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयले गर्यो स्थानीय सरकारी सेवामा १६८ कर्मचारीलाई बढुवा सिफारिस
काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत बढुवा समितिले स्थानीय सरकारी सेवा, पाँचौं तहमा १६८ जना कर्मचारीलाई बढुवाका लागि सिफारिस गरेको छ ।
प्रदेश लोक सेवा आयोगको बढुवा सूचनाअनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाको प्रक्रिया पूरा भएको हो । बढुवा समितिले साउन २५ गतेको बैठकमार्फत सिफारिस सूची अनुमोदन गरेको र सोमबार सूचना प्रकाशित गरेको हो ।
यो सिफारिस स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०५० को दफा ३९ बमोजिम गरिएको हो ।

