चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदका चार समितिको बैठक आज बस्ने भएको छ ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बिहान ११ बजे नै बोलाइएको छ । बैठकमा मा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट( २०२५’ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
त्यसैगरी विधायन व्यवस्थापन समिति बिहान साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१’ उपर सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।
कानून, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१’ को दफावार छलफल गर्ने कार्यक्रम छ ।
