लैंगिक संवेदनशीलता कुनै दल विशेषको होइन : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै नभएको बताएका छन् ।
आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले लैंगिक संवेदनशीलताको विषय समग्र सामाजिक रुपान्तरणको एक महत्त्वपूर्ण विषय भएको बताएका हुन् ।
लोकतान्त्रिक समाजवादसँग आबद्ध दलहरू, राजनीतिज्ञहरू, सामाजिक आन्दोलनकाबीच समन्वय र सहकार्यको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धारको निर्माण गर्न सकिने सभापति देउवाको भनाइ थियो ।
सभापति देउवाले लैंगिक संवेदनशीलताका विषयलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्ने पनि बताए ।
