देशका विभिन्न ठाउँमा आज गाईजात्रा पर्व मनाईंदै
काठमाडौं । उपत्यकासहित देशका विभिन्न ठाउँमा आज गाईजात्रा पर्व मनाईंदैछ । हरेक वर्ष भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व गाईजात्रा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौं उपत्यकामा विशेष रूपमा मनाइन्छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ।
