भारतको उत्तरकाशीमा भीषण बाढी
काठमाडौं । भारत उत्तरखण्डको उत्तरकाशी जिल्ला धरालीस्थित खिर गंगामा छोटो समयमै भीषण बाढी आएको छ। कल्पनाभन्दा बाहिरको तीव्र गतिको बाढीले नदी किनासका वस्ती तहसनहस पारेको छ ।
क्षतिको विवरण नआएपनि ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ। भास्कर डटकमका अनुसार अहिलेसम्म ४ जनाको मृत्यु र ५० भन्दा बढी बेपत्ता भएको पुष्टि भएको छ ।
घटना आज दिउँसोको हो। क्षतिको विवरण आउन बाँकी छ। उद्धार जारी रहेको जनाइएको छ ।
