बागमतीका छैटौँ मुख्यमन्त्री इन्द्र बानियाँ
काठमाडौं । बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बानियाँ ११० सदस्यीय प्रदेशसभामा कांग्रेस र नेकपा एमाले गठबन्धनको समर्थनमा ६४ सांसदको बहुमतका आधारमा सरकार प्रमुख बनेका हुन् ।
