sevenstartv.com ११ असार २०८३, बिहिवार

एसएसपीमा ६ जनासहित सशस्त्रका ७७ अधिकृतको बढुवा सिफारिस

२० साउन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडाैं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका ७७ जना विभिन्न दर्जाका अधिकृतहरूको बढुवा सिफारिस भएको छ । बढुवा समितिको सोमबारको निर्णयले रिक्त रहेका विभिन्न दर्जामा सिफारिस गरेको छ ।

बढुवा समितिका अनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)मा ६, उपरीक्षक ९एसपी०मा  २२, प्राविधिक एसपीमा एक र नायव उपरीक्षक डीएसपीमा ४८ जनालाई बढुवा सिफारिस गरिएको छ ।