sevenstartv.com ५ असोज २०८३, सोमवार

एक वर्षमा १ अर्ब ३६ करोड युनिट बिजुली ‘गायब’

१९ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । हितेन्द्र शाक्य कार्यकारी निर्देशक भएर आएपछि नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट बढेको छ । नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकले यस्तो अवस्था देखाएको हो । यो अवधिमा अधिकांश वितरण केन्द्रको चुहावट बढेको छ । 

तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा वितरण केन्द्रहरूको औसत विद्युत् चुहावट ९.५९ प्रतिशत रहेको थियो । यो तथ्यांक आर्थिक वर्ष २०८१/८२ मा १०.७६ प्रतिशत पुगेको देखिन्छ । यो १.१७ प्रतिशत विन्दुको वृद्धि हो । 

तथ्याङ्कअनुसार, बागमती प्रदेशको हेटौंडा डिभिजनल वितरण कार्यालयमा चुहावट सबैभन्दा धेरै २.४५ प्रतिशत विन्दुले बढेर ७.१९ प्रतिशतबाट बढेर ९.६४ प्रतिशत पुगेको छ। बाग्मती प्रदेश कार्यालयको चुहावट भने ५.६० प्रतिशतबाट ०.९१ प्रतिशत विन्दुले बढेर ६.५१ प्रतिशत पुगेको छ । 

त्यस्तै, कोशी प्रदेशमा चुहावट ९.८७ प्रतिशतबाट २.४० प्रतिशत विन्दुले बढेर १२.२७ प्रतिशत पुगेको छ । सुदूरपश्चिम प्रदेश चुहावट वृद्धिमा तेस्रो नम्बरमा छ । उक्त प्रदेशको विद्युत चुहावट ११.५ प्रतिशतबाट २.२४ प्रतिशत विन्दुले बढेर १३.७४ प्रतिशत पुगेको छ। 

लुम्बिनी रगण्डकी कार्यालयहरूमा पनि चुहावटको दर बढेको छ, तर यो तुलनात्मक रुपमा सामान्य छ । लुम्बिनी प्रदेशको विद्युत चुहावट ७.६७ प्रतिशतबाट ०.९८ प्रतिशत विन्दुले बढेर ८.६५ प्रतिशत पुगेको छ। लुम्बिनीकै नेपालगञ्ज डिभिजनल कार्यालयको चुहावट भने १.५२ प्रतिशत विन्दुले बढेको छ । गण्डकी प्रदेशको विद्युत चुहावट ७.९६ प्रतिशतबाट ०.८४ प्रतिशत विन्दुले बढेर ८.८० प्रतिशत पुगेको छ।  जसले यो समस्या केही स्थानमा मात्र सीमित नभई देशव्यापी रूपमा बढेको देखिन्छ । 

यद्यपि, मधेश र कर्णाली प्रदेशमा चुहावटमा क्रमशः ०.१४ प्रतिशत र ०.०५ प्रतिशत विन्दुले घटेको छ। तर, यी दुवैमा अन्य प्रदेश तथा डिभिजनल कार्यालयको भन्दा चुहावट दर बढी छ ।  कर्णालीमा चुहावट अघिल्लो वर्ष २१.७९ प्रतिशत रहेकोमा यो वर्ष घटेर २१.७४ प्रतिशतमा झरेको देखिन्छ । मधेशमा गत वर्षको १५.२९ प्रतिशतको चुहावट घटेर १५.१५ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्