sevenstartv.com ६ मंसिर २०८२, शनिवार

पब्जी विश्वकपमा नेपाली टिमले जित्यो डेढ करोडभन्दा बढी पुरस्कार

१९ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपालको पब्जी टिम होराले इ स्पोर्टस विश्वकप अन्तर्गत पब्जी मोबाइलमा नवौं स्थान प्राप्त गरेको छ । यो सफलता प्राप्त गरेसँगै होराले १ लाख २७ हजार ५ सय अमेरिकी डलर अर्थात एक करोड ७८ लाख रुपैयाँ पुरस्कार जित्यो ।

पब्जी मोबाइलको विश्वकप भने म्यानमारको वाइजी इ स्पोर्टसले जितेको छ। साउदी अरेबियामा जारी विश्वकपमा होराले समग्रमा १८ खेलमा एक सय अंक जोडेको हो। अन्तिम दिन होरोले चिकन डिनर जितेको थियो । 

होराले ग्रुप स्टेजमा २७ हजार ५ सय, सर्भाइबल स्जेजमा २५ हजार डलर, शो म्याचको १५ हजार डलर र फाइनलको नवौं स्थानमा रहँदा ६० हजार डलर पुरस्कार हात पारेको हो । होरा लिगल चरणमा शीर्ष आठ भित्र परेको थिएन । सर्भाइल स्टेजमा प्रतिस्पर्धा गरेको होराले यो स्टेजमा जित हात पारेर फाइनलमा स्थान बनाएको थियो। सर्भाइभल स्टेजमा शीर्ष आठमा रहने टिम फाइनल पुग्ने नियम थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्