sevenstartv.com ११ असार २०८३, बिहिवार

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित

१५ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त तिन मन्त्रीहरुको आज हुने भनिएको शपथग्रहण कार्यक्रम स्थगित भएको छ । प्रदेश प्रमुख स्वास्थ्यमा समस्या आएको भन्दै अचानक काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको हो । 

आज दिउँसो १ बजेका लागि तय भएको मन्त्रीहरुको शपथ ग्रहण समारोह अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए ।