sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

रूसी भूकम्पको असर विश्वभर

१४ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडाैं । रूसको पूर्वी प्रायद्वीप कामचाट्कामा आएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पलाई भूगर्भ वैज्ञानिकहरूले विश्वकै छैटौं शक्तिशाली भनेका छन् ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार नेपाली समय अनुसार भूकम्प बिहान ४:५४ बजे आएको हो । जसको केन्द्र सतहदेखि १९.३ किलोमिटर गहिराइमा थियो। यो विश्वकै छैटौँ सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक रहेको युएसजीएसले जनाएको छ ।

भूकम्पपछि कामचाट्कामा चार मिटरसम्मको सुनामी आएको छ, जसका कारण धेरै भवनहरूमा क्षति पुगेको छ । कामचाट्काका गभर्नर भ्लादिमिर सोलोदोभले भिडियो सन्देशमार्फत बताए अनुसार भूकम्प दशकौँयताकै सबैभन्दा शक्तिशाली हो।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्