मेयर भट्टराई आमरण अनशन बस्दै
काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई बुधबारदेखि आमरण अनशन बस्ने भएका छन् । स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने माग गर्दै सत्याग्रह शुरु गरेका उनले संघीय सरकार गम्भीर नबनेको भन्दै आमरण अनशन बस्ने घोषणा गरेका हुन् ।
नगरका कार्यवाहक उपप्रमुख विसन राईले मंगलबार विज्ञप्ति जारी गरी भट्टराईले अनिश्चितकालीन आमरण अनशन बस्ने घोषणा गरेको बताएका छन् । ‘सत्याग्रहको पूर्व घोषित कार्यक्रम अन्तर्गत नगरप्रमुख ज्यूले २०८२-०४-१४ गते बिहान ९ बजेदेखि माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशन बस्ने घोषणा गर्नु भई सत्याग्रहको कार्यलाई चरणबद्ध रूपमा अगाडि बढाउनु भएको छ’, विज्ञप्तिमा भनिएको छ ।‘
