sevenstartv.com ११ असार २०८३, बिहिवार

एमसिसीको निरन्तरता

१२ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी०को अनुदानमा नेपालमा सञ्चालन हुने कार्यक्रमहरूले निरन्तरता पाउने भएका छन् । अर्थमन्त्रालयका अनुसार एमसिसीको यही साउन ८ गतेको पत्रअनुसार नेपालमा सञ्चालित एमसिसीका कार्यक्रमले निरन्तरता पाएका हुन् ।

'नेपाल सरकार र उक्त निकायबीच २०७४ साल भदौ २९ गते सम्पन्न कम्प्याक्ट सम्झौता गत माघ ७ गतेको अमेरिकी राष्ट्रपतिको आदेशअनुसार पुनरावलोकनका लागि स्थगित भएको थियोु, अर्थमन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।'