sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

गाजामा नुन खाएर भोक मेटाउँदै, १२४ को मृत्यु

११ साउन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । गाजामा इजरायलले खाद्यान्न आपूर्तिमा अवरूद्ध गर्दा बालबालिकाहरू नुन खाएर भोक मेट्न बाध्य भएका छन् ।

इजरायल-हमास युद्ध सुरु भएको २२ महिनामा हालसम्म भोकमरीका कारण १२४ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ८१ जना बालबालिका छन् । गाजामा ५० ग्रामको बिस्कुटको मूल्य एक हजार रुपैयाँ भन्दा बढी पर्ने अवस्था छ । नगद पैसा झिक्नका लागि ४५ प्रतिशतसम्म कमिसन दिनुपर्छ ।

बालबालिका लगायतका मानिसहरू नुन चाटेर र पानी पिएर पेट भर्नुपर्ने बाध्यतामा छन् । दक्षिण गाजाको सबैभन्दा ठूलो नासिर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार गाजाका सबै मानिसहरू भोकमरीको संकटसँग जुधिरहेका छन् । कुपोषणका कारण ज्यान गुमाउने बालबालिकाको संख्या निरन्तर बढिरहेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्