एनआरएनए बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित
काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणना अनुसार उनले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गरेका हुन् ।
पुडासैनीले एक हजार ४८२ मत प्राप्त गरे । खरेलले नौ सय ७७ र खत्रीले ४९६ मत हात पारे । त्यस्तै उपाध्यक्षमा उज्ज्वल कार्की, डा. रक्षा थापा र रामप्रसाद कँडेल, महासचिवमा दिवाकर पाण्डे, खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटाले विजयी भएका छन् । सदस्यमा विष्णु खरेल र छविलाल अर्याल, इङ्ग्ल्याण्ड राज्य परिषद् अध्यक्ष पदमा राममाया विष्ट थापा विजयी भएका छन् ।
