sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

कम्बोडिया-थाइल्याण्ड द्वन्द्व जारी

१० साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच गत बिहीबार शुरु भएको तनाव शनिबार पनि जारी छ । तीन दिनदेखि जारी तनावका क्रममा हालसम्म ३२ जनाको मृत्यु भएको छ । 

थाइल्याण्डले आफ्नो तर्फ हालसम्म १९ जनाको ज्यान गएको जनाएको छ । कम्बोडियाले भने हिंसाका क्रममा आफ्नो तर्फ १३ जनाले ज्यान गुमाएको जनाएको छ । द्वन्द्वका क्रममा हालसम्म दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस क्रममा १ लाख ३० हजारभन्दा धेरै मानिसहरु विस्थापित भएका छन् ।

तनावका क्रममा नयाँ सैन्य मोर्चा खुलेको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि उत्तरी कम्बोडिया एवम् पूर्वी थाइल्याण्डको सीमा क्षेत्रमा कायम रहेको द्वन्द्व अहिले तटीय क्षेत्रसम्म विस्तार भएको जनाइएको छ ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्