sevenstartv.com ११ असार २०८३, बिहिवार

कुलिङ पिरियड छेडखानीबारे प्रधानमन्त्री ओलीमाथि छानबिन हुनुपर्छ : प्रचण्ड

१० साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको दायराभित्र ल्याउनुपर्ने माग गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन उनले यस्तो बताएका हुन् । 

प्रचण्डले संघीय निजामती ऐनमा कुलिङ अफ पिरियडबारे भएको छेडखानी आफूले पहिला नै प्रधानमन्त्रीकै मिलेमतोमा भएको हुनसक्ने आशंका गरेको र अहिले राष्ट्रिय सभामा एमालेका सांसदहरूको क्रियाकलापले त्यसलाई पुष्टि गरेको बताए । 

उनले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने बताएका छन् ।