sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

जापानमा गर्मीको चेतावनी

१० साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडाैं । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जापानभर गर्मी बढ्दै जाने अनुमानसहितको चेतावनी जारी गरेको छ । देशको धेरैजसो भागमा गर्मी बढेको चेतावनी जारी गरिएको छ ।

हालको उच्च तापक्रम जीवनको लागि खतरापूर्ण रहेको जेएमएले जनाएको छ । जसमा होक्काइडोका केही भागहरू, जसले रेकर्ड उच्च तापक्रम अनुभव गरेका छन् । तोचिगी, गुन्मा, सैतामा, हिरोशिमा र नागासाकी, साथै टोकियो पनि समावेश छन् ।

मौसम एजेन्सीका अनुसार तोयोका शहर, ह्योगो प्रान्तमा दिनको उच्चतम तापक्रम ३९ डिग्री सेल्सियस र इचिनोसेकी शहर, इवाते प्रान्त र फुकुशिमा, माएबाशी, कुमागाया, क्योटो र मैजुरु शहरहरूमा ३८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । मौसम अधिकारीहरूले मानिसहरूलाई गर्मीबाट बच्न पर्याप्त उपायहरू अपनाउन आग्रह गरेका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्