प्राकृतिक प्रकोपले प्रधानमन्त्रीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को भिजनलाई असर परेको श्रममन्त्री भण्डारीको भनाई
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्राकृतिक प्रकोपले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को भिजनलाई असर पारेको बताएका छन् ।
उनले अहिले कतै अनावृष्टि, कतै अतिवृष्टिको अवस्था रहेको बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालीको भिजनलाई प्राकृतिक विपत्तिहरुले असर गरिरहेको बताएका छन् ।
