sevenstartv.com ५ असोज २०८३, सोमवार

त्रिभुवन विश्वविद्यालयको शुल्क शोषणविरुद्ध अखिल क्रान्तिकारीको धर्ना जारी

शुल्क घटाउन माग गर्दै माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी

१० साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार वटा विभागहरूको शुल्क घटाउनुपर्ने भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समितिले तेस्रो दिन पनि शान्तिपूर्ण धर्ना जारी राखेको छ ।

बिहीबारदेखि विश्वविद्यालयको उपकुलपति कार्यालयभित्र सुरु भएको धर्नालाई शनिबार पनि निरन्तरता दिइएको हो । आन्दोलनमा सहभागी विद्यार्थीहरूले शिक्षामा शोषण बन्द गर, शुल्क तुरुन्त घटाउ,  गरिब विद्यार्थीको छातीमा गोली, यो त केन्द्रीय विभागको नीतिमा झोली, भन्ने नारासहित प्रदर्शन गरेका छन् ।

माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने जनाइएके छ । अखिल (क्रान्तिकारी) जिल्ला समितिले विश्वविद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै १० दिनभित्र शुल्क समायोजन सहितको माग प्रस्तुत गरेको थियो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्