बागमतीका चार मन्त्रीको राजीनामा स्वीकृत नै नगरी मुख्यमन्त्रीले गरे पदमुक्त
काठमाडौं । बागमती प्रदेशका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत नै नगरी मुख्यमन्त्री बहादुरसिंह लामाले सिधै पदमुक्त गरेका छन् । नेपालको संविधान २०७२ को धारा १६९ ९२० ९ख० अनुसार चार मन्त्रीलाई पदमुक्त गरेको उनले उल्लेख गरेका हुन् ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले राजीनामा दिएका थिए ।
राजीनामा दिएकासहित कांग्रेस सांसदहरूले भने उनलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् ।
