sevenstartv.com ११ असार २०८३, बिहिवार

यथार्थपरक भएर जनताको हित हुनेगरी संविधान संशोधन हुनुपर्छ : सांसद सिटौला

९ साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले यथार्थपरक भएर जनताको हित हुने गरी संविधान संशोधन हुनुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको हितअनुसार संविधान संशोधन हुँदै जाने बताएका हुन् ।  अहिलेसम्मको संविधान कार्यान्वयनको समीक्षा गरेर संविधान संशोधन हुनुपर्ने बताए । 

जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्ने उनको भनाई छ । संविधान कार्यान्वयनको समीक्षा गरेर आवश्यकताअनुसार संशोधन गर्ने कुरामा कांग्रेस र वर्तमान सरकार गम्भीर रहेको बताएका छन् ।