कसैले चाहँदैमा मेरो पार्टी सदस्यता खारेज हुँदैन : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेका विषय विवादको विषय नै नभएको बताएकी छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले आफूले विधिपूर्वक नै पार्टी सदस्यता नवीकरण गरेकाले यसलाई विवादको विषय बनाउनै नपर्ने बताएका हुन् ।
एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नै नभएको ठहर गरेपछि उनले आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । उनले एमाले अध्यक्ष केपी ओलीतिर इंगित गर्दै भनिन्, 'कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खारेज हुँदैन ।'
