sevenstartv.com १२ असार २०८३, शुक्रवार

'संसद ओली सत्ताको थियटर बन्न पुग्यो'

८ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीमगरले संसद प्रधानमन्त्रीको कार्यक्षेत्र भएको सत्ताको थियटर बन्न पुगेको आरोप लगाएका छन् ।  

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले संसदलाई सिंहदरबारको कार्यक्षेत्र जस्तै बनाएको बताएका हुन् । उनले संसद्‍ जनताको भरोसा नभई सत्ताको थियटर बन्न पुगेको टिप्पणी गरे । वर्तमान सरकार संविधान, विधिको शासन र संसदीय अभ्यासको मूल मर्मविपरीत चलेको बताएका छन् । 

सरकार आज उपहेलित, उपेक्षित र पदीय दुर्गन्धले ढाकिएको अवस्थामा देखिएको उनको भनाई छ ।  उनले नैतिक जगमा नअडिएको तथा संवैधानिक प्रक्रियाको पालना गर्न नखोजेको भन्दै सरकारको तीव्र आलोचना गरे ।