sevenstartv.com १२ असार २०८३, शुक्रवार

प्रतिनिधिसभाकाे बैठक बस्दै

८ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।  । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने छ । बैठकमा सांसदहरुले विशेष र शून्य समयमा समसामयिक विषयमा आआफ्नो धारणा राख्ने छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने छन् ।