sevenstartv.com ६ मंसिर २०८२, शनिवार

काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल तेस्रो

८ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल क्लब तेस्रो भएको छ । माल्दिभ्सको मालेमा बुधवार सम्पन्न प्रतियोगिताअन्तर्गत तेस्रो स्थानको खेलमा श्रीलंका पोर्टलाई ३–१ को सेटमा हराउँदै नेपाली टोलीले कास्य जितेको हो ।

खेलको पहिलो सेटमा हेल्प नेपालले श्रीलंका टिमलाई लगातार पछि पार्दै २५–२० को जित दर्ता गरेको थियो ।  त्यसैगरी, दोस्रो सेटमा पनि हेल्प नेपालले एक समय १९–९ को फराकिलो अग्रता बनाएको थियो । 

कमब्याकका सबै प्रयास सदुपयोग गर्न नसकेको श्रीलंका टिम यो सेटमा २५–१५ ले विजयी भएको हो । तर तेस्रो सेटमा हेल्प नेपालले सुरुआतबाटै अग्रता बनाउन सकेन । लगातार दबाब बनाएर श्रीलंका पोट्सले २५–२० को जित हाासिल गर्‍यो । तर चौथो सेटमा १०–१० को बराबरीबाट अघि बढेर २५–२१ को जित निकालेको हो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्