अत्यावश्यक बाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीकाे आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको भन्दै सतर्क रहन आग्रह गरेका छन् ।
उनले मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गर्न आग्रह गर्दै अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका हुन् ।
