sevenstartv.com १२ असार २०८३, शुक्रवार

विद्या भण्डारी एमाले विधान महाधिवेशनको प्रतिनिधि बन्न नपाउने

२ साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि बन्न नपाउने भएकी छन् । बिहीबार बसेको एमालेको सचिवालय बैठकले १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेसँगै भण्डारीका लागि बाटो बन्द भएको हो ।

बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘१० औं राष्ट्रिय महाधिवेशनमा नभएका र पछि केन्द्रीय कमिटी अथवा केन्द्रीय निकायमा आएका साथीहरु आयोजकका हिसाबले जाने, तर उनीहरु विधान महाधिवेशनको प्रतिनिधि चाहिँ बन्नु हुन्न, विधान महाधिवेशनको प्रतिनिधि भनेको जो १० औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधिहरु थियो ,उनीहरु मात्रै हुने विधानमै व्यवस्था छ ।’