sevenstartv.com १२ असार २०८३, शुक्रवार

साढे २४ लाख घुससहित भक्तपुरस्थित मालपोत कार्यालयका कर्मचारी पक्राउ

३१ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरस्थित मालपोत कार्यालयका कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । 

प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई मोही तल्सिङको मुद्दा मिलाउने भन्दै उनीहरूले सेवाग्रहीबाट साढे २४ लाख घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी पूर्जा बनाउने प्रायोजनका लागि उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ । .