sevenstartv.com १२ असार २०८३, शुक्रवार

रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छ : मन्त्री खड्का

३१ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले रसुवा भोटेकोशी बाढीबाट क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन समय लाग्ने बताएका छन् । 

मंगलबार राष्ट्रियसभाको बैठकमा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । यो आयोजनाको हेडबक्समा पूर्ण रुपमा क्षति भएकाले केही समय अझै लाग्ने बताए । 

उनले बाढीका कारण त्रिशुली नदी करिडोरमा सञ्चालन रहेका केही महत्वपूर्ण जलविद्युत आयोजनाहरु तथा प्रशारण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गरे । ६० मेगावाट क्षमता रहेको त्रिशुली ए जलविद्युत आयोजना केही दिनमै सञ्चालन हुने छ । 

बाढीका कारण करिब २६० मेगावाट विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा विच्छेद भएको जानकारी गराए ।