देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्यो : सांसद शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले देश झनै गरिबीको खाडलमा गइरहेको बताएका छन् ।
मंगलबार राष्ट्रियसभाको बैठकमा उनले यस्तो बताएका हुन् । उनले देशमा गरिबी झनै बढिरहेको, खाद्य संकट र बेरोजगारी पनि दिन प्रतिदिन बढिरहेको जिकिर गरेका छन् । उनले पुँजीगत खर्च हुन नसकेको र आयात बढिरहेको बताए ।
निर्यात दिनदिनै कम भइरहेको बताए । ऋणको भार थेग्न गाह्रो हुने स्थितिमा देश अघि बढिरहेको बताएका छन् । कुनै महिना एक अर्ब राजश्व बढी उठ्दैमा त्यसलाई आत्मरतिको विषय बनाएर प्रचार गर्नसके पनि देश बन्न नसक्ने बताए ।
