उर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्छ : अग्नि खरेल
काठमाडौं । पूर्वमन्त्री एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले उर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वन मन्त्रालय संसारकै सबैभन्दा अररो मन्त्रालय भएको जिकिर गर्दै यो हुनैपर्ने बताए ।
उनले त्यसलाई सहज बनाउने गरी अघि बढ्न जरुरी रहेको बताए । नेपालको विकासलाई अघि लैजाने हो भने वन मन्त्रालयसँग सम्बन्धित समस्याहरु सहजीकरण गर्दै जानुपर्ने बताएका छन् ।
