सरकारमा सहकार्यका नाममा पार्टी अनियमितता र भ्रष्टाचारको ‘साक्षीको किनाराका सदर’ भएर बसिरहेको डा. कोइरालाको टिप्पणी
प्रधानमन्त्रीले उनीहरुलाई पदबाट हटाउन नसकेको भन्दै असन्तुष्टि
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारमा सहकार्यका नाममा पार्टी अनियमितता र भ्रष्टाचारको ‘साक्षीको किनाराका सदर’ भएर बसिरहेको टिप्पणी गरेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा उने बिचौलियाले मन्त्री क्वार्टरमा घुसको ब्रिफकेस छाड्ने गरेको, मन्त्रीहरू घुस डिलको विवादमा तानिए पनि प्रधानमन्त्रीले उनीहरुलाई पदबाट हटाउन नसकेको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् ।
‘यस्तै रहेछ यहाँको चलन’ भन्दै कोइरालाले आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्ने मन्त्री प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिपरिषद् बैठकमा भाग लिइरहेको भन्दै कटाक्ष गरेका छन् ।
