sevenstartv.com १२ असार २०८३, शुक्रवार

न्यायाधिस मेघराज पोखरेललाई तामाकोशी गाउँपालिका कानुन व्यवसायि समाजद्वारा सम्मान

२९ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिकाको कानुन व्यवसायि समाजले सर्वोच्च अदालका न्यायाधिस मेघराज पोखरेललाई सम्मान गरेको छ । समाजले शनिबार एक कार्यक्रमकाबीच पोखरेललाई सम्मान गरेको हो ।

बागमति प्रदेशका मुख्य न्यायाधिवक्ता सुकुदेव काफ्ले र गाउँपालिका प्रमुख प्रोण प्रताप केसी लगातको उपस्थितिमा सम्मान गरिएको थियो । दोलखा घर भएका वरिष्ठ अधिवक्ता मेघराज पोखरेल गत सोमबार सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए ।

वरिष्ठ अधिवक्ता पोखरेलको स्थायी ठेगना दोलखाको तामाकोशी गाउँपालिका हो । काठमाडौंमा बसेर कानुनी पेसामा सक्रिय पोखरेल दोलखा कानुन व्यवसायी समाजको अध्यक्ष समेत रहेका थिए ।

सर्वोच्च अदालत वार एशोसिएसनका अध्यक्ष पोखरेललाई न्याय परिषद बैठकले गत जेठ २७ गते सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । पोखरेलले २०७९ मा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थिए ।