sevenstartv.com १२ असार २०८३, शुक्रवार

आज एमोलको केन्द्रीय विभागहरूको संयुक्त भेला

२९ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेले आज केन्द्रीय विभागहरूको संयुक्त भेला आयोजना गर्दै छ । 

पार्टीको आगामी भदौ २०-२२ सम्म आयोजना गरिने दोस्रो विधान महाधिवेशन र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकका सन्दर्भमा भेला आयोजना गरिएको हो । 

दिउँसो ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुखहरू, सचिवहरू र सदस्यहरूको उपस्थिति अनिवार्य रहेको छ ।