sevenstartv.com ६ मंसिर २०८२, शनिवार

नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा

२९ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । साफ अन्डर ट्वेन्टी महिला च्याम्पियनसिपमा आज नेपाल र आयोजक बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । 

खेल नेपाली समय अनुसार राति ७ बजे बसुन्धारा किङ्गस अरिनामा सुरु हुने छ । नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोलले पराजित गरेको छ । भने बंगलादेशले श्रीलंकालाई ९–१ गोलले पराजित गरेको छ । 

दुई वर्षअघि बंगलादेशमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल ३-० ले पराजित भएको थियो । पछिल्लो समय महिला साफमा बंगलादेश र नेपाल धेरै पटक फाइनलमा भिडिरहेका छन् । यस पटक पनि नेपालले आफ्नो मुख्य प्रतिद्वन्द्वी बंगलादेशलाई नै मानेको छ ।

नेपालले आफ्नो तेस्रो खेलमा ३१ गते श्रीलंकाको सामना गर्नेछ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्