प्रधानमन्त्री ओली झपामा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज शनिबार गृह जिल्ला झापा पुगेका छन् । शनिबार बिहान ११ बजे प्रधानमन्त्री ओली झापा गएका हुन् ।
ओली आइतबारसम्म झापा र इलाम जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओलीले आजै बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुका साथै कन्काई नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपूर्जा वितरण गर्ने कार्यक्रम छ ।
