इथियोपियाद्वारा पर्यटन प्रवर्द्धन गर्न डिजिटल प्लेटफर्म शुरु
काठमाडौँ । इथियोपिया सरकारले भिजिट इथियोपिया नामक डिजिटल प्लेटफर्म शुरु गरेको छ । जसको उद्देश्य पर्यटकहरूको लागि यात्रा बुकिङलाई सरल बनाउनु र सम्बन्धित सेवालाई एउटै अनलाइन बजारमा ल्याउनु हो ।
इथियोपियाको पर्यटन मन्त्रालय र सूचना सञ्जाल सुरक्षा प्रशासनद्वारा संयुक्त रूपमा विकसित यो प्लेटफर्म डिजिटल प्रविधिमार्फत देशको विविध पर्यटन स्रोतहरूलाई राम्रोसँग प्रवद्र्धन गर्न डिजाइन गरिएको हो । इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित कार्यक्रममा बोल्दै पर्यटनमन्त्री सेलामावित कास्साले प्लेटफर्मले पर्यटकहरूको लागि एक–स्टप बुकिङ सेवा प्रदान गर्नेछ ।
पर्यटकीय आकर्षण प्रदर्शन गरेर र व्यावहारिक जानकारी प्रदान गरेर इथियोपियालाई मनपर्ने गन्तव्यको रूपमा प्रवद्र्धन गर्नेछ । इथियोपियामा १२ संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) विश्व सम्पदा स्थल छन् ।

.gif)