sevenstartv.com ६ मंसिर २०८२, शनिवार

नेपाली फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

२४ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । राष्ट्रिय फुटबल टिमले आगामी भदौमा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो । 

अहिले नेपाली फुटबल टिमले एएफसी एसियन कपको छनोट खेलिरहेको छ । नेपाल छनोटका यसअघिका दुवै खेलमा पराजित भइसकेको छ । नेपालले अब एसियन कप २०२७ तेस्रो चरणको छनोटमा भियतनामसँग खेल्ने तालिका छ । नेपालले असोज २३ गते भियतनामसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ।

छनोटमा भियतनामसँगको खेलको तयारीका लागि नेपालले भदौ २१ र २४ गते बंगलादेशसँग खेल्न लागेको हो । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार फिफा विन्डोमा हुने दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछन् । 

नेपाल एसियन कप छनोटको समूह एफमा छ । यो समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनाम छन् । समूह चरणका दुई खेल खेलेको नेपालले मलेसिया र लाओससँग हार बेहोरेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्