sevenstartv.com ५ असोज २०८३, सोमवार

कुलिङ पिरियड व्यवस्थामा भएको छेडखानीको छानबिन गर्ने संसदीय समितिको संयोजकमा कांग्रेस सांसद् परियार

२३ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । संघीय निजामती विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको छेडखानीबारे छानविन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानविन समिति प्रतिनिधि सभाबाट घोषणा भएको छ ।

सभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त घोषणा गरेका हुन् । समितिको संयोजक नेपाली कांग्रेसका सांसद जीवन परियार तोकिएका छन् । सभामुख घिमिरेका अनुसार समितिमा नेपाली कांग्रेसबाट जीवन परियार संयोजकसहित र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहने छन् । 

समितिलाई छानविन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको सभामुख घिमिरेले जानकारी गराए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्