sevenstartv.com १३ असार २०८३, शनिवार

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको प्रधानमन्त्रीको दाबी

२३ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलनमा आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको दाबी गरेका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा आफ्नो स्पेन भ्रमणको उपलब्धीबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले  सम्मेलनमा आफ्नो सहभागिले नेपालको छवि उँचो हुनुका साथै नेपालको वैदेशिक सम्बन्ध तथा संयुक्त राष्ट्र सँगको सहकार्य अझ मजबुत बनाउन सहयोग पुगेको बताएका हुन् । 

उनले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नतिमा पुग्ने तयारीमा रहेको भन्दै सहयोगको आह्वान गरेको पनि बताए । उनले  भ्रमणबाट वैदेशिक र राष्ट्रसंघसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको जनाएका छन् । 

प्रधानमन्त्री ओलीले सम्मेलनका अवसरमा अति कम विकसित राष्ट्रहरुको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई जानकारी गराएका छन् । उनले खानेपानी तथा सरसफाइ अभियानमा नेपालको सहभागिता घोषणा तथा सम्मेलनमा आयोजित विश्व ऐक्यवद्धतामा लगानी सम्मेलनमा सहभागि र सम्बोधन गरेको पनि जानकारी गराएका छन् । 

यो पनि पढ्नुहोस्