sevenstartv.com १४ असार २०८३, आइतवार

संवैधानिक नियुक्तिविरूद्धको रिटमा फैसला आउँदै, न्यायाधीशहरू अन्तिम छलफलमा

१८ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथि बुधबार फैसला सुनाइँदै छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी अन्तिम छलफलमा जुटेका छन् ।

२०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएको थियो । सुनुवाइ सकिएपछि गत जेठ २८ गते निर्णय सुनाउने मिति तय भएको थियो । त्यसदिन अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेर न्यायाधीशहरुले छलफलमा समेत जुटेका थिए । 

आज दिनभर न्यायाधीशहरू छलफलमा जुटेका थिए  । फैसला सुनाउनुअघि न्यायाधीशहरू अहिले फेरि छलफलमा जुटेका हुन् ।

 

सम्बन्धित समाचार