'रारालाई लेक सिटीको रुपमा विकास गरौँ'
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् डा. धवलसमशेर जबराले रारालाई लेक सिटीको रुपमा विकास गर्न माग गरेका छन् ।
बुधबारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उन यस्तो बताएका हुन् । उनले नेपालमा धेरै अवसर रहेको बताउँदै रारा क्षेत्रलाई लेक सिटी क्षेत्रको रुपमा विकास गर्न जरुरी रहेको बताएका छन् ।
रारालाई लेक सिटीको रुपमा विकास गर्नसके कर्णालीको कायापलट हुने जिकिर गरे । उनले भारतीय पर्यटकहरुलाई नेपालमा चोरको जस्तो व्यवहार गर्ने गरेको बताए ।
