sevenstartv.com १९ वैशाख २०८३, शनिवार

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

१८ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक बुधबार बस्दैछ । मध्याह्न १२ बजेका लागि बोलाइएको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि समूहकृत छलफल र जवाफ दिने समय निर्धारण गरिएको छ । 

बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को विभिन्न मन्त्रालय एवं सम्बन्धित निकायका शीर्षकहरूमाथि समूहकृत छलफल हुनेछ। 

छलफलका क्रममा उठेका प्रश्नको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूची रहेको जनाएका छन् । 

मंगलबार बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२र०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल गरियोस्’ प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको थियो ।  

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्