sevenstartv.com १९ वैशाख २०८३, शनिवार

५ संसदीय समितिको बैठक बस्दै

१८ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्ने भएको छ । महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्नेछ  भने बाँकी समितिका बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छन् ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद ९दोस्रो संशोधन० विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसद सदस्यसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, अर्थ समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि आन्तरिक छलफल हुनेछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल पर्यटन बोर्डको हालसम्मको अवस्था, कार्यप्रगति र चुनौती तथा आगामी कार्ययोजनाबारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल गर्ने तयारी छ ।

पूर्वाधार विकास समिति बैठकमा मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदीको पुलका विषयमा छलफल हुनेछ । यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कामकारवाही सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्