sevenstartv.com १० माघ २०८२, शनिवार

नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा

१८ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । 

खेल उच्वेकिस्तामा साँझ सवा ६ बजे सुरु हुनेछ । खेलमा श्रीलंका उच्वेकिस्तानसँग १०-० गोलले पराजित टोली हो भने नेपालले लाओसलाई ९–० गोलले हरायो । 

उज्वेकिस्तानमा आइतबारबाट सुरू भएको समूह ‘एफ’को छनोटमा नेपालले रवाफिलो प्रदर्शन गर्दै लाओसलाई ९–० ले पराजित गरेको थियो ।  यो खेलमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन् ।

छनोटमा नेपालले अब आगामी शनिबार आयोजक उज्वेकिस्तानसँग खेल्ने तालिका छ । यो खेलको कप्तानी सावित्रा भन्डारीले सम्हालेकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) लाओसविरूद्धको खेल सुरू हुनु केही बेरअघि मात्र सावित्रालाई कप्तान घोषणा गरेको हो ।

नेपालले सन् १९८६ बाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरू गरेको थियो  ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्