राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आयो : सांसद् शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको बताएका छन् ।
सोमबा संसदीय सुनुवाई समितिको बैठकमा उनले यस्तो बताएका हुन् । सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्ति सिंह थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।
सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश थापाले कार्ययोजना प्रश्तुत गरेसँगै सांसद् शर्माले यसलाई सच्याउने योजना के छ ? भन्दै प्रश्न गरेका छन् । उनले समाज अहिले विचार विहिनताको अवस्था रहेको बताए ।
यसले आम नागरिकमा एउटा निराशा उत्पन्न भइरहेको बताएका छन् । लोकतन्त्र एउटा वर्ग र जातिको मात्रै हुनु नहुने बताए ।
