कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सुरु हुँदै छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुनेछ।
दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो । आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले बैठकका लागि ६ एजेण्डा तय गरेको जनाइएको छ । बैठकमा भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल गर्ने एजेण्डा छ ।
पार्टीको१०० दिने अभियानमा खटिएका प्रतिनिधिको रिपोर्ट पेश हुनेछ । पार्टीबाट प्रदेशमा सरकारमा गएका मन्त्रीहरूले आ(आफ्नो मन्त्रालयले गरेका कामको जानकारी पनि दिने ।
